एक वा दुई चरणमा निर्वाचन गर्ने भन्नेमा बहस

काठमाण्डु टुडे २०७९ जेठ २६ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, २६ जेठ– आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ ।

सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो ।

आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

कानुनतः निर्वाचनको मिति आयोगसंग परामशैमा सरकारले तोक्नेछ । ‘सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं’, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us