
काठमाण्डु, ११ असार– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी विधानअनुसार ३८ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् ।
काठमाण्डुमा हालै सम्पन्न पार्टीको प्रथम केन्द्रीय महाधिवेशनले विधान संशोधन गरी केन्द्रीय कार्यसमितिमा १ सय २७ जना रहने र त्यसमध्ये ६३ जना अध्यक्षले मनोनयन गर्ने व्यवस्था गरेको थियो ।
पार्टीका मुख्य सचिव विश्वेश्वर शर्मा सुवेदीका अनुसार मनोनित केन्द्रीय सदस्यमा रामकुमार सुब्बा (सुनसरी), बाबुकाजी प्रधान (ललितपुर), दिनेश श्रेष्ठ (भक्तपुर), विश्वेश्वर शर्मा सुवेदी (धादिङ), डा. माधव भट्टराई (काठमाण्डु), सुरेश आचार्य (ललितपुर), रामहरि थापा (ललितपुुर), उद्धव पौडेल (काठमाण्डु), ओमप्रकाश आजाद (बाँके), नारायण श्रेष्ठ (सर्लाही) डा. गीताभक्त जोशी (काठमाण्डु), चन्द्रबहादुर गुरुङ (कैलाली), अमिर मादेन (ताप्लेजुङ), राम थापा (झापा), छविरमण सुवेदी (पााचथर), मधु अधिकारी (मकवानपुर), प्रमिलादेवी महतो (सिराहा), दिलीप बस्नेत (काठमाण्डु) र खगेन्द्र बस्न्यात (उदयपुर) छन् ।
यस्तै डा. विष्णु भण्डारी (तनहुँ), मीनवहादुर थिङ (धनुषा), निरज शाह (जाजरकोट), मुकुन्दश्याम गिरी (सुर्खेत), जनार्दन आचार्य (काठमाण्डु), डा. लोकराज पौड्याल (काठमाण्डु), हिक्मतसिंह भण्डारी (कञ्चनपुर), पुष्करदत्त भट्ट (कैलाली), हिक्मत ढकाल (बाँके), रमेश अर्याल (बाँके), चन्देश्वर राय यादव (महोत्तरी), विन्दा गिरी (सिन्धुली), भरत रायमाझी (काठमाण्डु), श्यामप्रसाद घिमिरे (काठमाण्डु), रोहित राजवंशी (झापा), वृजलाल यादव (बारा), दमन बस्नेत (सिन्धुपाल्चोक), एजी शेर्पा (सोलुखुम्बु) र सईन्द्र वान्तवा (मोरङ) पनि केन्द्रीय सदस्य मनोनित भएका छन् ।
बाँकी सदस्यको मनोनयन पछि हुने सचिव सुवेदीले जानकारी दिए ।