चौतारा, ११ असार– एकीकृत माओवादी जिल्ला कमिटी सिन्धुपाल्चोकले अध्यक्षसहित पदाधिकारी चयन गरेको छ ।

गत वैशाख ९ गते निर्वाचित ३८ सदस्यीय कमिटीको पहिलो बैठकले माधव सापकोटालाई अध्यक्ष चयन गरेको हो ।
सर्वसम्मतिका आधारमा पदाधिकारी चुनिएको पोलिट्ब्युरो सदस्य एवम् ताम्शालीङ राज्य समिति इन्चार्ज नारायण दाहालले काठमाण्डु टुडेलाई जानकारी दिए ।
यस्तै उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: लालकान्छा तामाङ, अमृता नेपाल, चिरञ्जीवी आचार्य र श्रीलामा चयन भएका छन् ।
यसैबीच असन्तुष्ट बाबुराम भट्टराई पक्षका पूर्वसभासद् राजकुमार श्रेष्ठसहित नौ जनाले आफूहरुको सहमतिविपरीत सापकोटालाई अध्यक्ष बनाइएको भन्दै निर्णय अस्वीकार गरेको छ ।
पार्टी विधानअनुसार ३१ सदस्यीय जिल्ला कमिटीका बाँकी १३ सदस्यको मनोनयन छिट्टै गर्ने नवनियुक्त आध्यक्ष सापकोटाले बताए ।