बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

काठमाण्डु टुडे २०७१ असार ११ गते १३:१२ मा प्रकाशित

सोलुखुम्बु, ११ असार – नौ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका चौरीखर्क सोलुखुम्बुका पासाङनुरु शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुले आज १० वर्ष कैद सजाय सुनाएको छ ।

शेर्पालाई जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले १० वर्ष कैद सजाय र पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

बालिकालाई शेर्पाले गत चैत ३० गते बलात्कार गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us