भट्टराई र मेरो व्यक्तिगत कटुता छैनः प्रचण्ड

काठमाण्डु टुडे २०७१ असार १० गते १०:५३ मा प्रकाशित

जनकपुरधाम, १० असार – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वरिष्ठ नेता बाबुराम भट्टराई र आफूबीच व्यक्तिगत कटुता नभएको प्रष्ट पारेका छन् ।

Prachanda baburamजनकपुरधाममा मङगलबार आयोजित पत्रकार सम्मेलनमा उनले हामी एक आपसमा छलफल पनि गर्छौं र सधैँ मिलेका छौँ भन्दै दुवैको बीचमा झगडा रहेको कुरामा सत्यता नरहेको बताए ।

सोहि सम्मेलनमा वरिष्ठ नेता भट्टराईले आफ्नो बहस व्यक्तिगत भागबन्डाका लागि नभई आर्थिक र समाजवादी क्रान्तिका लागि भएको बताए ।

आफ्नो पार्टी पहिचान र सङ्घीयतासहितको लोकतान्त्रिक संविधानको पक्षमा रहेको जानकारी दिए ।

एक फरक प्रसङगमा उपनिर्वाचनको परिणाम नौलो होइन भन्दै उनले संविधानसभाको निर्वाचनमा ती निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जस्तो स्थान प्राप्त गरेको थियो उपनिर्वाचनमा पनि सोहीअनुरुप परिणाम आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us