रसुवा, १० असार – रसुवा जिल्ला कारागारमा क्षमता भन्दा बढि कैदी बन्दी हुदाँ समस्या हुन थालेको छ ।
कारागारको क्षमता २५ जना रहेकोमा हाल ६९ जना कैदि बन्दलाई राखिएको छ । पुरुष बन्दी गृह मात्र रहेको जिल्ला कारागारमा महिला कैदि बन्दीलाई बस्नका लागि कुनै पनि ठाउँ बनाईएको छैन ।
महिला कैदी बन्दीका लागि बस्ने स्थान छैन जसका लागि २८ लाखमा भवन निर्माणका लागि टेन्डर भएको कारागारका प्रमुख रामहरी खनालले बताए । ‘कारागार सुरक्षाका लागि १६ जना प्रहरी कार्यरत छन््, कारागारका प्रमुख खनालले भने, ‘क्षमता भन्दा बढि कैदी बन्दी छन्, ‘विजुली र शौचालय प्रमुख समस्या छ व्यवस्थापन गर्न समस्या भईरहेको छ ।’ उनका अनुसार कारागार जिर्ण भए पनि कैदी बन्दीलाई व्यवस्था गरेर राखिएको बताए ।
कारागारको भवन जिर्ण हुदाँ वर्षा लाग्दा पानी चुहिने समस्या छ । ३० वर्ष अघि निर्माण भएको भवनलाई सामान्य ममर्त र टालटुल गर्ने मात्र काम गर्दा भवन दुर्घटना हुने खतरा छ । जीर्ण भवनको मुद्धा सधै आईरहने गरेको छ, उनले भने, ‘तर अहिले समाधानका लागि पहल भएका छन् तर पुर्ण भईसकेको छैन ।
कारागारमा क्षमता भन्दा बढि कैदी हुदाँ पालो कुरेर सुत्न पर्ने अबस्था रहेको कारागारका कैदी बन्दीका नाईके दिवस लामाले बताए । ज्ञान विज्ञानका कुरा कारागार भित्र छैन, उनले भने, हामीले आफैले पत्रिका पढेर पढने गरेका छौ । उनका अनुसार हिमाली जिल्ला र चिसो हावापानी हुने भएकाले अन्तबाट यहाँ सरुवा भएर कैदी बन्दी आउने गरेको लामाले बताए ।
कारागार भित्र बन्दीलाई कुनै पनि सिप मुलक तालिम नहुदाँ सुधारगृहका लागि राखिने कैदी बन्दी निराश हुने गरेको कैदि बन्दीका नाईके लामाले बताए । एउटा मुडा जेनतेन बुन्न जानिएको छ, लामाले भने, अरु सिप सिक्नका लागि कारागारमा हाल सम्म कुनै पनि तालिम दिईएको छैन । कैदी बन्दी भेट्नका लागि छुट्टै प्रतिक्षालय समेत अभाव छ ।