बाह्र उम्मेदवारको जमानत जफत

काठमाण्डु टुडे २०७१ असार १० गते ६:३० मा प्रकाशित

धनगढी, १० असार – आइतबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा कैलाली जिल्ला निर्वाचन क्षेत्र नं ६ का १२ जना उम्मेदवारको जमानत जफत भएको छ ।

ca electionकुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ ।

क्षेत्र नं ६ मा खसेको ३९ हजार ६६३ मतमध्ये सबै मत सदर भएकामा दश प्रतिशत अर्थात् तीन हजार ९६६ मत प्राप्त गर्न नसक्नेको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा जमानत जोगाउन नसक्ने प्रत्यासीमा फोरम लोकतान्त्रिकका लक्ष्मण थारु (तीन हजार ५८९ मत), एमाओवादीका सुन्दरराज रेग्मी (एक हजार ७६६), थरुहट तराई पार्टीका भानुराम चौधरी (एक हजार २८८) रहेका छन् ।

मङ्सिरमा भएको निर्वाचनमा क्षेन नं ६ बाट नै प्रत्यासी रहेका फोरम लोकतान्त्रिकका थारुले चार हजार ४७३ मत र एमाओवादीकी प्रत्यासी लीला भण्डारीले चार हजार ७६४ मत प्राप्त गरी जमानत रकम जोगाएका थिए ।

उपनिर्वाचनमा थरुहट तराई पार्टीका प्रत्यासी भानुराम चौधरी मङ्सिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नं ३ बाट प्रत्यासी भई तेस्रो स्थानमा आएका थिए । उपनिर्वाचनमा एमाओवादी र फोरम लोकतान्त्रिकले अघिल्लो निर्वाचनभन्दा कम मत पाएका छन् ।

यसैगरी नेकपा (माले)की अम्बिका विष्ट (४०६ मत), सद्भावना पार्टीका मुनिन्द्र सिंह (१०३), राप्रपाका गङ्गाराम राना (३१९), राष्ट्रिय जनमोर्चाका सूर्यप्रकाश साउद (३६५), नेकपा संयुक्तकी डम्मरादेवी धानुक (१३३), सङ्घीय सद्भावनाका अर्जुनप्रसाद चौधरी (१२०), नेमकिपाका रमेशकुमार रावल (१०३), नेपाल कम्युनिस्ट पार्टीका हरिमोहन चौधरी (२१०) र सबैभन्दा कम ६१ मत पाएका नेपाल परिवार दलका रामप्रसाद चौधरीको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपचुनावमा १४ हजार ७८४ मत प्राप्त गरी विजयी भएका नेपाली कााग्रेसका पुष्करनाथ ओझाका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश्वर पाठकले ११ हजार ९५९ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा क्षेत्र नं ६ बाट विजयी कााग्रेसका वरिष्ठ नेता देउवासाग एमाले उम्मेदवार पाठक पराजित भएका थिए । मङ्सिरको निर्वाचनमा डडेलधुराबाट समेत विजयी देउवाले कैलाली–६ छोड्नुभएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

अघिल्लो निर्वाचनमा मतपरिणामका आधारमा पााचौा स्थानमा आएको राप्रपा नेपाल भने यसपालिको उपनिर्वाचनमा एमाओवादी र फोरम लोकतान्त्रिकलाई उछिन्दै तेस्रो स्थानमा आएको छ । राप्रपा नेपालका प्रत्यासी राजेश भण्डारीले चार हजार ३६७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ६ को उपनिर्वाचनमा विभिन्न दलका १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us