सोलुखुम्बु, १० असार– विसं २०५७ मा ८५ वर्षको उमेरमा एसएलसी परीक्षा दिएर प्रथम श्रेणीमा उत्तीर्ण गरी पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएका ९९ वर्षीय राइटरबाजेको सोमबार साँझ निधन भएको छ ।
काँगेल–८ सोलुखुम्बु निवासी राइटरबाजेको नामले चिनिने बलबहादुर कार्की जीवनज्योति उच्चमावि नेलेमा कक्षा १० मा भर्ना भई विसं २०५७ को एसएलसी परीक्षामा सहभागी भएका थिए ।
दुई छोरा, चार छोरी, १८ नातिनातिना र ११ जना पनाति–पनातिना भएका कार्कीको हिजो आफ्नै निवास काँगेलमा निधन भएको हो ।
काँगेल विमानस्थलका लागि करिब १५० रोपनी जग्गा प्रदान गरेका कार्की ब्रिटिस सैनिकका तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी थिए ।