बारा पुगेर बाबुरामले भने, ‘हामी त बाँदर रहेछौं’

काठमाण्डु टुडे २०७१ असार १० गते २:४६ मा प्रकाशित

बारा , १० असार– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले बाराको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अवलोकन गरेका छन् ।

baburamत्यसलगत्तै उनले त्यसको अवस्थाबारे ब्यंग्यात्मक ट्वीट गरेका छन् । उनले केन्द्रको अवस्था देखेर दिक्दारी व्यक्त गरेका हुन् ।

‘बाराको परवानीपुरस्थित कृषिप्रधान देशको अग्रणी अनुसन्धान केन्द्रको दुरावस्था देखर हामी त बाँदर रहेछौं भन्ने लाग्यो, ‘भट्टराईले भनेका छन्, ‘केन्द्रलाई साधन सम्पन्न र आधुनिकीकरण गरिनु पर्नेमा भएका पूराना संरचना जीर्ण छन्, केन्द्र पनि हराभरा छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई सोमबार नेपालको सबैभन्दा पूरानो अनुसन्धान केन्द्रको अवलोकन गरी वैज्ञानिकहरुबाट जानकारी लिएका थिए ।

उनले केन्द्रको आगन्तुक पुस्तिकामा यस्तो लेखेका छन्, ‘कृषिप्रधान देश नेपाललाई कृषि क्रान्तिको आधार तयार गर्न महत्वपूर्ण भूमिका यस केन्द्रले खेल्न सकोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us