एमालेमा १ हजार ८३ प्रतिनिधि चयन

काठमाण्डु टुडे २०७१ असार ९ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, ९ असार– एमालेले नवौं महाधिवेशनका लागि १ हजार ८३ जना प्रतिनिधि चयन भएको जनाएको छ ।
uml officeपार्टी मुख्यालय बल्खुमा सोमबार भएको पत्रकार सम्मेलनमा मुल व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले उपनिर्वाचन भएका चार जिल्ला, अञ्चल, केन्द्रीय विभाग  र जनसंगठन बाहेकमा प्रतिनिधि चयन भइसकेको बताए ।

सेती अञ्चल, उपत्यका र भारत प्रवास बाहेक १४ अञ्चल समन्वय कमिटी तथा विशेष समन्वय कमिटीबाट प्रतिनिधि चयन भएको जानकारी पोखरलले दिए । उनले अधिकांश स्थानमा सर्वसम्मतिमा र केही स्थानमा लोकतान्त्रिक विधिअनुसार निर्वाचनमार्फत प्रतिनिध चयन भएको बताए ।
पत्रकार सम्मेलनमा मेचीबाट ५५, कोशीबाट १४७, सगरमाथाबाट  ५४, जनकपुरबाट २३, नारायणीबाट ९७, वागमतीबाट ७४, गण्डकीबाट १२६, धौलागिरिबाट, ४७, लुम्बिनीबाट १९०, राप्तीबाट ४३, भेरीबाट ९१ , कर्णालीबाट ४४, महाकालीबाट ६१ र सम्पर्क समन्वय विशेष कमिटीबाट ३१ जना प्रतिनिधि चयन भएको बताइयो ।

एमालेले काठमाण्डु, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बदिर्या, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, जुम्ला, धनुषा, सप्तरी र उपत्यकाअन्तर्गतका बुद्धिजीवी, मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीमा मंगलबार प्रतिनिधि चयन हुने जनाएको छ ।

त्यसै गरी जनसंगठन र केन्द्रीय विभागको निर्वाचन पनि मंगलबार नै हुनेछ । यसैबीच स्वास्थ्य उपसमितिले महाधिवेशनका लागि विभिन्न रोगको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us