दुई लाख लुट्न आमाछोराको हत्या

काठमाण्डु टुडे २०७१ असार ९ गते १२:३७ मा प्रकाशित

जनकपुर,  ९ असार– जनकपुर कटैयाचौरीकी २७ वर्षीया मैतुल खातुन र उनका ७ वर्षीय छोरा अमरुल साफीको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन् ।
प्रहरीले भारत बिहार राज्य मधुवनी जिल्ला चरौत घर भएका २१ वर्षीय दीपककुमार ठाकुरलाई हत्या आरोपमा पक्राउ गरेको हो ।

उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । मैतुन आमाछोराको शनिबार राति सुतिरहेका बेला ओछ्यानमै हत्या भएको थियो । प्रहरीका अनुसार ठाकुरले मैतुनको घर बनाउने ठेक्का लिएका थिए ।

ठाकुरले प्रहरीसमक्ष पैसाको प्रलोभनमा परेर हत्या गरेको बयान दिएका छन् । ठाकुरले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रहरीले मृतकको साथबाट लुटिएको दुई लाखमध्ये १ लाख १२ हजार ३ सय ५० रुपैंया ठाकुरको डेराबाट फेला पारेको छ । ठाकुरविरुद्ध मुलुकी ऐन ज्यानसम्बन्धी महलअन्तर्गत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us