
काठमाण्डु, ८ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्मा लगेर टुंगोमा पुयाउनुपर्ने बताएका छन् । भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाहिर उफ्रिनुभन्दा निर्णय गर्ने थलो संसद्सम्म पुयाउनुपर्ने बताए ।
सभामुखको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहेको छ । ‘हामीले सरकारमा रहँदा संसद्मा एमसीसी पेस गरौं भनेका थियौं’, ओलीले भने, ‘संसद्ले नै निर्णय गर्छ । संसद्मा नपुर्याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ? निर्णय गर्ने ठाउँमा त पुयाइदिऔं ।’
उनले सत्ता गठबन्धनमा रहेकाहरूले नै एमसीसी सम्झौता गरेको बताए । ‘अहिले सरकारमा जो छ उनीहरूले नै ५ वर्षअघि एमसीसीमा सम्झौता गरे’, उनले भने, ‘एमसीसीलाई ठगी खाने भाँडो बनाउँदै छन् । एमालेलाई सरकारबाट हटाएपछि पास गछौँ भनेर पर सार्दै(सार्दै लगे ।’ गठबन्धनले अन्तर्राष्ट्रिय तथा विदेश सम्बन्धलाई तहसनहस पारेको आरोप ओलीले लगाए ।
अन्नपूर्ण पोस्टबाट