अमेरिका भन्छः हामीले नेपाली नेतालाई धम्क्याएका छैनौं

काठमाण्डु टुडे २०७८ फागुन ३ गते ८:४५ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– पालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् ।

अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिदै सोमबार राजदूत बेरीले भनेका छन्, ‘हामीले नेपाली नेताहरूलाई धम्की दिएको भन्ने कुरा असत्य हो । हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह मात्र गरेका हौं ।’

राजदूत बेरीले अगाडि भनेका छन्, ‘एमसिसीलाई नेपाली नेताहरूले अनुमोदन गर्ने कि नगर्ने भन्ने विषय नेपालले एक सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा गर्ने निर्णय हो र यो नेपाल एक्लैको निर्णय हो’ नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us