
काठमाण्डु– नेकपा एमालेको केपी शर्मा ओली पक्षले करिब ७० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।
ओलीको सचिवालयले काठमाण्डु टुडेलाई पठाएको प्रतिनिधिको विवरणमा आफ्नो दुई तिहाई प्रतिनिधि रहेको उल्लेख गरेको छ ।
केही जिल्लामा भने अध्यक्षका अर्का प्रत्यासी माधव नेपाल पक्षले दाबी गरेका प्रतिनिधिको नाम पनि ओली पक्षले आफ्नोमा राखेको छ । आगामी जेठ १९ गते हुने नवौं महाधिवेशनका लागि अधिकांश जिल्लामा शनिबार प्रतिनिधि चयन भइसकेको छ ।
काठमाण्डुसहितका चार जिल्लमा उपनिर्वाचन र केही जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन सकेको छैन ।
ओली पक्षले उपलब्ध गराएको प्रतिनिधिको विवरण यस्तो छ:
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्