
काठमाण्डु, ५ असार – संविधानसभामा आज पनि शासकीय स्वरुपको प्रतिवेदनमाथिको छलफल हुने भएको छ ।
२ सय ९६ जनाले बोल्नका लागि नाम टिपाएपनि अहिलेसम्म जम्मा १ सय २० जना सभासदले मात्र आ आफ्नो धारणा राखेका छन् ।
विहान ११ बजेपछि बस्ने संविधानसभाको पूर्ण बैठकमा तत्कालिन शासकीय स्वरुप निर्धारण समितिले तयार पारेको प्रतिवेदनमा रहेका सहमति र असहमतिको प्रतिवेदनमाथिको छलफल जारी रहनेछ ।
यसअघि कांग्रेस, एमाले र एनेकपा माओवादीसहित सबै दलका नेताहरुले घोषणापत्र अनुसार आ आफ्नो धारणा राखेका छन् ।