पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको दिए निम्तो

काठमाण्डु टुडे २०७८ मंसिर २७ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् । महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका पौडेलले सम्पूर्ण महाधिवेशन प्रतिनिधिका लागि चियापान कार्यक्रम राखेका हुन् ।

पौडेलको सचिवालयले मंसिर २८ गते बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना हुने चियापानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई निम्तो गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us