कांग्रेसको मतदान सुरू, कुलबहादुरले हाले पहिलो भोट

काठमाण्डु टुडे २०७८ मंसिर २७ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, २७ मंसिर–  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो । पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो मतदान गरेका छन् ।

भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा निर्वाचन सुरू भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us