महामन्त्रीमा दावी गरेका कार्की र एनपीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चौधरी पनि प्रतिस्पर्धामा

काठमाण्डु टुडे २०७८ मंसिर २५ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

यसअघि महामन्त्रीको हकदार भएको बताउँदै आएका कार्कीले आज केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका हुन् । महामन्त्रीकै आकांक्षीका रुपमा आफूलाई प्रस्तावित गरेका नेता एनपी साउदले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यका लागि उद्योगपति विनोद चौधरीको पनि उम्मेदवारी परेको छ । चौधरीले मधेसीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us