काठमाण्डु, १८ मंसिर– नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित भएको छ ।
प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अविधेशन स्थगित गरेकाे निर्वाचन समिति सदस्य अरुण यादवले बताए । सर्लाहीका चार वटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहररूको नामावाली आउन सकेको छैन ।
रौतहट अन्य सबै क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि क्षेत्र नम्बर ४ का प्रतिधिनिहरूको नामावली शनिवार १२ बजेसम्मसम्म पनि प्राप्त हुन नसकेको उनले बताए । शनिवार रातीसम्म सर्लाही बाहेक सबै जिल्लाका नामावली प्राप्त हुने सम्भावना रहेको बताउँदै निर्वाचन सदस्य यादवले भने,‘२० मंसिरसम्म प्रदेश अधिवेशन सम्पन्न गर्नुे भएकोले आइतबारदेखि मनोयन दर्ता सुरु हुनेछ ।’