प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन आग्रह गर्दै माधव नेपाललाई बारले बुझायो ज्ञापनपत्र

काठमाण्डु टुडे २०७८ मंसिर १२ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको राजिनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले संघीय संसद् सचिवालयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।ध्यानाकर्षण पत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनसमेत आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us