पौडेलले बोलाएको बैठकमा प्रकाशमान नजाने

काठमाण्डु टुडे २०७८ कार्तिक २६ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, २६ काीत्तक– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह नजाने भएका छन् ।

पौडेलले शुक्रबार दिउँसो आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । आइतबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो समूहको साझा धारणा तय गर्न पौडेलले केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।

तर पौडेल समूहका प्रभावशाली नेता सिंह भने बैठकमा सहभागी नहुने उनीनिकट एक नेताले बताए ।सिंह काठमाडौंमै भएपनि फोन ‘स्वीच अफ’ गरेर बसेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us