काठमाण्डु, २५ असोज – ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
बागमती गाउँपालिका –१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई घर बनाउने काम दिलाएका सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने उजुरीका प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको साथै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।