काठमाण्डु, ८ वैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट काठमाण्डुमा एक पत्रकारको ज्यान गएको छ ।
४० वर्षीया पुरुष पत्रकारको उपचारका क्रममा गएराति काठमाण्डुमा मृत्यु भएको हो । मृतक दाङको घोराही उपमहानगरपालिका–१७ का स्थायी बासिन्दा हुन् । मृतकमा गत २७ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि केही दिनअघि काठमाण्डु ल्याइएको थियो ।