
काठमाण्डु – सामान्यतया घडी समय सुचक यन्त्र हो । तर, प्रविधीले अब घडीको परिचय फेर्दै बहुउपयोगी बनाएको छ । नाडीमा बाँध्ने घडीले अब ‘मोबाइल’को काम गर्ने भएको छ ।
सामसुङले ‘स्मार्टघडी’ बनाउदैछ । जसले ‘स्मार्टफोन’को पनि काम गर्दछ । यसमा क्यामेरा, मेसेज बक्स, जिपिएस चिप, हार्ट बिट मोनीटर रहने छ । यसलाई ‘स्मार्टफोन’ मा जोडिरहनु पर्दैन । यो स्मार्ट घडी असारसम्ममा बजारमा आउने सामसुङले जनाएको छ ।