
सिन्धुली, ४ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली पुगेका छन् ।
काठमाण्डुमा राजनीतिक वातावरण गर्मिएका बेला प्रचण्ड बुधबार सिन्धुली पुगेका हुन् । नेता हरिबोल गजुरेलले पहिल्यैदेखि अध्यक्ष प्रचण्ड ‘रिफ्रेस हुन सिन्धुली आउने गरेको भन्दै नियमित प्रक्रियाका भएको टिप्पणी गरे ।
नयाँ सत्तासमीकरणबारे छलफल गर्न जनता समाजवादी पार्टीको बैठक नबसेको र काँग्रेसमा गृहकार्य बाँकी रहेकाले अध्यक्ष आफ्नो गाउँ आएको उनले काठमाण्डुटुडेलाई बताए ।
गजुरेलले प्रचण्ड आज आफ्नै घरमा बस्ने र भोलि काठमाण्डु फर्कने कार्यक्रम रहेको जानकारी दिए ।