
काठमाण्डु, १ चैत– नेकपा एमालेको विवाद निर्वाचन आयोगमा पुगेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित उनी पक्षका पदाधिकारी र स्थायी कमिटी सदस्यहरु आयोग पुगेका हुन् ।