‘ए मेरो हजुर ४’ ले तोक्यो प्रदर्शन मिति

काठमाण्डु टुडे २०७७ फागुन २५ गते १५:०९ मा प्रकाशित

A MERO HAJUR 4 || Anmol Kc, Suhana Thapa, Jharana Thapa || PHOTOSHOOT || - YouTubeकाठमाण्डु, २५ फागुन– कोरोना महामारीको चपेटामा परेको फिल्म ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तोकेको छ । झराना थापाको निर्देशनमा बनेको यो फिल्म २०७८ साल भदौ १८ गते प्रदशन मिति तोकेको हो ।

नायिका तथा निर्देशन झरना थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्म प्रदर्शन मिति सर्वजनिक गरेकी हुन् । फिल्ममा नायक अनमोल केसी र झरनाकै छोरी सुहाना थापाको मुख्य भूमिका छ।

फिल्ममा सलोन बस्नेतलाई पनि देख्न सकिन्छ। सुनिलकुमार थापाको प्रोडक्सन ब्यानरमा बन्न लागेको फिल्ममा झरना थापा र छेतेन गुरुङको कथा छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us