जिवराज आश्रित पत्नी ज्ञवाली ओलीलाई छाडेर प्रचण्ड–नेपाल समूहमा

काठमाण्डु टुडे २०७७ फागुन २१ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, २१ फागुन– प्रतिनिधिसभा सदस्य माया ज्ञवाली प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा फर्किएकी छन् ।

ज्ञवाली प्रचण्ड–नेपाल समूहको शुक्रबार सिंहदरबारमा बसेको संसदीय दल बैठकमा सहभागी भएकी हुन् ।

यसअघि उनी ओली समूहमा थिइन् । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका दिन ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ८२ सांसदमध्ये ज्ञवाली एक थिइन् । तर, त्यसपछि भने उनी खुलेरै ओली समूहमा लागेकी थिइन् ।

 ज्ञवाली नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितकी पत्नी हुन् । आश्रितको मदन भण्डारीसँगै २०५० साल जेठ ३ गते रहस्यमये दासढुंगा हत्याकाण्डमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us