आठ लाख रुपैयाँ सडकमा फ्याँकेर गाउँपालिका अध्यक्ष बेपत्ता

काठमाण्डु टुडे २०७७ फागुन १८ गते १४:३६ मा प्रकाशित

धनुषा, १८ फागुन–धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री घूस लिएको आठ लाख रुपैयाँ रकम सडकमै फ्याँकेर फरार भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि राउत छिरेश्वर नगरपालिका–५ स्थित सडकमा पैसा फालेर फरार भएका हुन् । सेवा ग्राहीबाट घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार टोलीले राउत सवार प्र२–०२–००१ झ ०००२ नम्बरको गाडीलाई पिछा गरेको थियो ।

यसैबीच अख्तियारले राउत सवार गाडीसहित चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us