
बाँके, ३ फागुन– बाँकेमा सोमबार नेपाली सेनाका जवानहरु सवार बस दुर्घटना भएको छ ।
सोलुको नाम्चेबाट कालिकोटस्थित शमशेर गुल्मका लागि हिँडेका सैनिक सवार ना५ख ५९१ नम्बरको बस राप्ती सोनारी गाँउपालिका–२ मुगुवा खोलामा दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् । बसमा क्याप्टेन उमेश राईसहित २३ जना सवार थिए ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । घाइतेको नेपालगञ्जको राझास्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।