
काठमाण्डु , ३० वैशाख – भारतमा जारी आमनिर्वाचनमा मतदानसँग सम्बन्धित घटनामा पश्चिम बङ्गालमा सोमबार कम्तीमा २० व्यक्ति घाइते भएको समाचार छ ।
सत्तारुढ दल काँग्रेस पार्टी र विपक्षी कम्युनिस्ट पार्टी अफ इन्डियाका सदस्यबीच भएको भडपमा ती २० व्यक्ति घाइते भएको बताइएको छ ।
सो झडप राजधानी कोलकताबाट ४० किलोमिटर टाढा पश्चिम बङ्गालमा भएको विभिन्न सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।
घाइते सबैलाई नजिकैको अस्पतालमा भर्ना गरिएको र ती मध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ ।