नदीले बगाएर सात तीर्थालुको मृत्यु

काठमाण्डु टुडे २०७० साउन २१ गते १०:२५ मा प्रकाशित

सिन्धुली, २१ साउन । सिन्धुलीको कमला नदीमा आएको बाढीेले बगाउँदा सात तीर्थालुको मृत्यु भएको छ ।
अरु तीन जना नदीमा बेपत्ता भएका छन् । हतपते गाविसको जरायोटारस्थित मधुगंगा महादेवको दर्शन गर्न गएकाहरूलाई नदीले बगाएको हो । साउने सोमबारको व्रत बसेकाहरू पूजापाठका लागि मन्दिर जाने क्रममा नदी तर्न खोज्दा बगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
चुरे र महाभारत क्षेत्रमा परेको अविरल वर्षाका कारण नदीमा बाढी आएको हो । विगत वर्षहरूमा पनि मधुगंगा मधादेवको दर्शन गर्न गएका दर्शनार्थीको नदीले बगाएर मृत्यु हुने गरेको छ । आफूहरुको पटकपटकको आग्रहका बावजुद सरकारले नदीमा पुल बनाउन चासो नदिएका कारण तीर्थालुको ज्यान जाने गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us