अख्तियारद्वारा त्रिविका दुई प्राध्यापक पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १३:४७ मा प्रकाशित

akhtiyarकाठमाण्डु, २५ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका दुई प्रध्यापकलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार प्रवक्ता श्रीधर सापकोटाका अनुसार पक्राउ पर्नेमा रामस्वरुप बहुमुखी क्याम्पस धनुषाका सह–प्रध्यापक डा.विनोद मिश्र र केन्द्रंीय क्याम्पस कीर्तिपुरका उपप्रध्यापक मनोज मिश्र रहेको अख्तियारले जनाएको छ ।

उनीहरुमाथि एमडी, एमबीबीएस र एमबीएको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम लिएको आरोप लागेको छ । रकम लिएको विषयमा परेको उजुरीका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता सापकोटाले बताए ।

यसैबीच आयोगले मिश्रद्वयबाट ठगिएका पीडितलाई टोल फ्रि नम्बर १६६०–०१–२२२३३ मा टेलिफोन गर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us