माग पुरा नगरेको भन्दै शिक्षकले गरे पठनपाठन बन्द

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते ५:४० मा प्रकाशित

काठमाण्डु, २३ वैशाख –अस्थायी शिक्षकहरुले आज सामुदायिक विद्यालयमा पठनपाठन बन्दको घोषणा गरेका छन् । सरकारले माग पूरा नगरेको र शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै अस्थायी शिक्षकहरुले आज एकदिन विद्यालयमा नपढाउने बताएका हुन् ।

आज शिक्षक सेवा आयोगमा धर्ना दिने कार्यक्रम रहेको अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

समान आन्तरिक प्रकृयाद्वारा स्थायी गर्नुपर्ने माग गर्दै अस्थायी शिक्षकहरु आन्दोलित छन् ।

उनीहरुले अस्थायी शिक्षकलाई समान आन्तरिक प्रकृयाबाट स्थायी गर्नुपर्ने, कुनै पनि बहानामा कार्यरत शिक्षकलाई पेशाबाट विस्थापित गर्न नहुने, शिक्षकबीचको विभेद अन्त्य गर्नुपर्ने लगायत माग गरेका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us