गोलढुंगामा गोली चल्यो, गुण्डागर्दीमा संलग्न साजन गुरुङ घाइते

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १८:१९ मा प्रकाशित

काठमाण्डु, २७ भदौ– काठमाण्डुको गोलढुंगास्थित फूलबारीमा शुक्रबार गोली चलेको छ ।

प्रहरीले गुण्डा नाइके साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो । धादिङका स्थायी बासिन्दा गुरुङ निर्माण व्यवसायीसँग धम्क्याएर रकम असुलीमा संलग्न रहेको भन्दै उजुरी परेको थियो । उनी प्रहरीको गोली घाइते भएका छन् । गुरुङ प्रहरी टोलीमाथि जाइलागेपछि प्रतिकारमा गोली हानिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली गुरुङलाई खोज्न गोलढुंगा पुगेको थियो । प्रहरीले घाइते गुरुङलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा लगेको छ । गुरुङको साथबाट कटुवा पेस्तोल र सोको दुई राउण्ड गोली बरामद भएको छ ।

यसैबीच प्रहरीले गुरुङ निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन हत्याका प्रमुख आरोपी समीरमानसिंह बस्न्यातका सहयोगी भएको खुलासा भएको छ । बस्नेत हाल केन्द्रीय कारागारमा छन् । पछिल्लो समय बस्न्यातले कारागारभित्रैबाट धम्क्याएर असुली धन्दा चलाउँदै आएको समाचारहरु बाहिर आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us