जनकपुरधाममा एक युवकमाथि छुरा प्रहार

काठमाण्डु टुडे २०७६ साउन १५ गते ११:२४ मा प्रकाशित

जनकपुरधाम,१५साउन— जनकपुरधाम उपमहानगरपालिका १ वकिल टोलमा स्थानीय २५ बर्षीय मन्जेश राउतमाथि छुरा प्रहार भएको हो ।

घर जाने क्रममा मोटरसाइकलमा रहेका दुई अपरिचित व्यक्तिले राउतमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार लगत्तै अपराधीहरु मोटरसाइकल तिब्र गतिमा भागेका थिए । छुरा लागेर अचेत भएका राउतको उपचार अहिले काव्य हस्पिटल जनकपुरधाममा भइरहेको छ ।
राउतको अवस्था गम्भिर छ । उनी नेपाली जनता दलका जिल्ला अध्यक्ष पनि हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us