जब दलितसँग विवाह गरेकी छोरी मार्न सांसद मिश्राले मान्छे खटाए…

काठमाण्डु टुडे २०७६ असार २६ गते १९:३८ मा प्रकाशित

काठमाण्डु, २६ असार– भारतीय जनता पार्टीका एक सांसदकी छोरीले दलित युवासँग विवाह गरेका कारण आफ्नो जीवन खतरामा परेको भन्दै बचाइदिन अपिल गरेकी छन् ।

सांसद राजेशकुमार मिश्राकी छोरी साक्षीले आफू र आफ्नो श्रीमानमाथि आफ्ना सांसद बाबु र आफन्तबाटै ज्यानको खतरा रहेको बताइन् । सके आफूहरुलाई छुटाउने र नसके हत्या गर्ने योजनामा परिवार रहेको उनले एक भिडियोमार्फत सार्वजनिक गरेकी छन् । भिडियोमा उनका श्रीमान पनि सँगै देखिएका छन् ।

बाबुका साथीहरु आफूहरुको हत्याका लागि पिछा गर्दै हिंडेको दाबी उनको छ । ‘बाबा मैले यो सिन्दुर फेसनका लागि लगाएको होइन’, भिडियोमा उनले भेकी छन्, ‘मैले साँच्चै विवाह गरेको हुँ । मेरा पछाडि हजुरका मानिसहरु कोही नपठाउनू । यदि म र मेरो श्रीमानलाई केही भयो भने यसको भागिदार तपाईं र तपाईंका साथीहरु हुनेछन् ।’ साक्षीले आफ्ना बाबुलाई पुरातन सोच बदल्न र राजनीतिमा सक्रिय हुन सुझाव दिँदै आफू खुसी हुन र छोरीलाई पनि खुसीको जीवन बाँच्न दिन भनेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us