विद्युत कर्मचारी घुससहित पक्राउ

काठमाण्डु टुडे २०७६ असार २६ गते १५:५७ मा प्रकाशित

विधुत् कर्मचारी घुससहित पक्राउँ
काठमाण्डु, २६ असार -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विधुत प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ।

विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ।आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले लगनखेलस्थित युएण्डबी फाष्टफुडबाट पक्राउ गरिएको थियाे ।

आरोपी विष्टको थप अनुसनधान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us