रक्सीले मातेर डिआइजीलाई मनपरी बोल्ने एसपीको सरुवा

काठमाण्डु टुडे २०७६ असार २० गते १८:३१ मा प्रकाशित

काठमाण्डु, २० असार– प्रहरी प्रधान कार्यालयले ४ एसपीको काज सरुवा गरेको छ ।

श्यामकृष्ण अधिकारी महोत्तरी, ओम अधिकारी गोरखा, नवराज भट्ट बागलुङ, ईश्वर कार्की महानगरीय प्रहरी अपराध महाशाखा र कृष्णहरि शर्मा पोखरेलको मुख्यालयस्थित मानवअधिकार शाखामा सरुवा भएको हो ।

यस्तै प्रदेश ४ कार्यालयका प्रहरी प्रमुख डिआईजी विनोद शर्मा घिमिरेले सांगठनिक कामका लागि निर्देशन दिन टेलिफोन गर्दा मादक पदार्थ सेवन गरी फोनमै आमाचकारी गाली गलौज गरेका एससी भोला रावलको प्रदेश नम्बर–६ प्रहरी कार्यालयमा सरुवा भएको हो । बुधबार दिनभरजसो डिआईजी घिमिरेले ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गर्न निर्देशन दिनका रावललाई टेलिफोन गरेका थिए । तर, उनले डिआईजी घिमिरेको फोन उठाएनन् ।

पछि प्रहरीको आन्तरिक सञ्चारबाट डिआईजीलाई टेलिफोन गर्ने खबर पाएपछि उनले फोन त गरे तर, आमाचकारी गाली गरे । प्रदेश कार्यालयबाट एसएपी हरिराज वाग्लेको टोली आएर मेडिकल चेककजाँच गर्दासमेत रावल रक्सी पिइरहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us