नेकपा कार्यकर्ताले अब डन मनाङेलाई कमरेड भन्लान त ?

काठमाण्डु टुडे २०७६ असार २० गते ७:५५ मा प्रकाशित

काठमाण्डु, २० असार- स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।  उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् ।  सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

 

पार्टी प्रवेश गरेका दुवैजनालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा र अविर लगाएर स्वागत गरे। उनले गुरुङलाई नेकपाको विधानसमेत प्रदान गरे ।  नेकपा प्रवेश गरेका गुरुङ विगतमा ‘डन’ का रुपमा चिनिन्थे ।  उनलाई अहिले पनि धेरैले ‘दीपक मनाङे’ उपनामबाट चिन्छन् । प्रदेशसभा निर्वाचनमा उनलाई तत्कालीन वाम गठबन्धन (तत्कालीन एमाले र माओवादी केन्द्रसहित) ले मनाङ (ख) बाट उम्मेदवार बनाउने चर्चा चलेको थियो। तर ‘डन’ छविका उनलाई आधिकारिक उम्मेदवार बनाउँदा मतदाता भड्किने भन्दै विरोध भएपछि अन्तिम समयमा टिकट दिइएन। गठबन्धनबाट टिकट नपाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडे ।  स्वतन्त्र उम्मेदवार उनलाई तत्कालीन एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले सघाएको थियो । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us