वानेश्वरबाट २ लाख रकमसहित ८ जुवाडे पक्राउ

काठमाण्डु टुडे २०७६ असार १९ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, १९ असार-महानगरीय प्रहरी परिसर काठमाडौको प्रहरी टोलीले झण्डै दुई लाख रकमसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ ।
हिजो बेलुका उनीहरुलाई काठमाडौ महानगरपालिका वडा नम्बर ३१ वानेश्वरस्थित जयराम ठकुरीको भरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेका परिसरका प्रवक्ता होवेन्द्र वोगटीले जनाएका छन् ।
उनीहरुको साथबाट प्रहरीले नगद एकलाख ९९ हजार र तास १० बुक बरामद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us