अब घरमै ट्याक्सी सेवा

काठमाण्डु टुडे २०७६ असार १९ गते ११:२८ मा प्रकाशित

 

काठमाण्डु, १८ असार- उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन सुरु गरेको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरू आबद्ध समाजले मोबाइल एप्स इजी ट्याक्सी नेपाल’मार्फत वैशाखदेखि सेवा परीक्षण गर्दै आएको छ । अब भने समाजले इजी ट्याक्सी नेपालमार्फत आबद्ध ट्याक्सीअ सेवा लिन सकिने घोषणा गरेको हो ।
इजी ट्याक्सी नेपाल ट्याक्सी सेवा हाल काठमाडौं उपत्यकाभरी सञ्चालनमा आइसकेको छ । यसको लागि इजी ट्याक्सी नेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाइएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनोट गर्नुपर्छ ।
यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकले सोही एप्समार्फत सो अनुरोधलाई स्विकार गर्नेछन् । र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, अब नेपालमा पनि प्रविधिमा आधारित ट्याक्सी सेवा सुरु भएको छ । सरकारले पर्यटकहरू नेपाल भित्र्राउन नेपाल भ्रमण वर्ष -२०२० अभियान गर्दैछ भने इजी ट्याक्सी नेपाल एप्सले पनि सोही अभियानलाई साथ दिन प्रचास प्रसार गर्दै स्वदेशी र विदेशी पर्यटकहरूलाई यात्रुमैत्री सेवा प्रदान गर्नेछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us