भारत गएका नेपाली युवालाई लिंग काटेर केटी बनाइएपछि…

काठमाण्डु टुडे २०७६ असार १९ गते ८:२१ मा प्रकाशित

कञ्चनपुर, १९ असार– भारत जाने, त्यहीं पढ्ने अनि केही कमाएर पठाउने । यही आसमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्र माल परिवारले ६ वर्षअघि छोरालाई बिदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ ।

गाउँले अचम्मितत छन् । माल पहिले जस्तो रहेनन् । नाम फेरिएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ । भारत पस्दा १८ वर्षका थिए । त्यही दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रो लिंगीहरुको समूहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो ।

रेलवे स्टेसन र वषपार्कमा माग्न लगाइयो । सुरेन्द्रका अनुसार मेरठ बस्न इलियास नामका व्यत्तिले उनको यो अवस्था बनाएको हुन् । इलियासले नै उनको कमाइ खान्छन् । मागेर ४०/५० हजार हुन्थ्यो, त्यो सबै उसैले लैजान्थ्यो, न्याय माग्दै मंगलबार जिल्ला प्रहरी कार्यलय पुगेको सुरेन्द्रले भने, मलाई माग्ने बनाउनकै लागी लिंग काटेर फान्न लगाइयो । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us