गोङ्गबुको गेष्ट हाउसमा एक युवा मृत भेटिए

काठमाण्डु टुडे २०७६ असार १८ गते १३:२५ मा प्रकाशित

काठमाडौं असार १८- फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग गेष्ट हाउस बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।उनि मंगलबार साँझ गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बस्न गएका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले शुभकलश गेष्ट हाउसको १०४ कोठा नम्बरमा प्रमोद गुरुङ मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

डीएसपी प्रसाईंको अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । साथै मृत्युको कारण खुल्न नसकेको समेत उनले बताए ।

गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाकारी दिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us