लगातार  दाङमा चट्याङ ,एक हप्तामा चारजनाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार १८ गते १२:३९ मा प्रकाशित

 

काठमाण्डु, १८ असार–दाङमा एक हप्तामा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको मंगलबार साँझ चट्याङ लाग्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

एकहप्ता अघि पनि चट्याङ लागेर दाङको लालमटियामा तीन जना बालकको ज्यान गएको थियो । रुखमा चडेको बेला चट्याङ पर्दा उनीहरुको मृत्यु भएको थियो। घटनामा अर्का एक बालक गम्भीर घाइते भएका थिए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us