
काठमाण्डु, १८ असार–बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा एकापसमा ठोक्किएर दुर्घटना भएको छ । कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीप शम्शेर ज.ब.रा.ले जानकारी दिए अनुसार दुर्घटनामा परी दुईवटा बसमा सवार ४० जना यात्रु घाइते भएकाछन् ।
चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले दुवै बसमा गरी ५४ जना सवार मध्ये ४० जना घाईते भएकोमा २० जना सामान्य घाईते भएको जानकारी दिएको छ । सामान्य घाइतेहरु उपचार पश्चात डिस्चार्ज भएको र २० जना लाई चौराह अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।