मोटो रकम बोकेर भागेकी दुबईकी रानीलाई ज्यानको खतरा

काठमाण्डु टुडे २०७६ असार १८ गते ११:०० मा प्रकाशित

एजेन्सी–  मोटो रकम लिएर आफ्ना ११ र ७ वर्षका दुई सन्तानसहित भागेकी संयुक्त अरब इमिरेट् (यूएई) का राजा शेख मोहम्मदकी अल कमतुमकी छैठौं श्रीमती राजकुमारी हया विन्त अल हुसैन हाल लण्डनमा लुकेर बसिरहेकी छन् ।

उनीमाथि चार अर्ब ३३ करोड ६० लाख रुपैयाँ लिएर देशबाट भागेको आरोप छ । ४५ वर्षीया राजकुमारी हया जोर्डनका राजा बब्दुल्लाहकी सौतेनी बहिनी हुन् । जोर्डनमा जन्मिएकी उनको पढाइलेखाई ब्रिटेनमा भएको थियो । उनीहरुको विावह सन् २००४ मा भएको थियो । राजा शेखले आफ्नी पत्निलाई फिर्ठा पठाउन बेलायतमाथि कूटनीतिक दबाब बढाएका छन् । हया बुदई बाट भागेर पहिला जर्मनी पुगेकी थिइन् । सञ्चार माध्यमहरुका अनुसार हया लण्डनको प्रमुख आवासीय क्षेत्र केनसिङटन प्यालेस गार्डनमा करिब १२ सय करोड मूल्यको अपार्टमेन्टमा बसिरहेकी छन् ।

उनले आफ्नो श्रीमानबाट आफ्नो ज्यान जोखिममा रहेको भन्दै शरणका लागि ब्रिटेनको उच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेकी छन् । हयालाई श्रीमानले खटाएका अपहरणकारीले अपहरण गरेर दुबई लैजाने डर लागेको छ । समाचारहरुमा जनाइएअनुसार उनका श्रीमाले बेलायतसँग आफ्नी श्रीमती फिर्ताको माग गरेको अवस्थामा बेलायत अप्ठेरोमा पर्नेछ । कारण, दुई मुलुकबीच न्यायो कूटनीतिक सम्बन्ध छ । हुसैनले भने राजा शेखसँग सम्बन्ध विच्छेद (तलाक) मागेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us