बिना मगर भन्छिन्– जुनेली रातमा सगरमाथा चढ्दा प्रकाशको मायामा परें

काठमाण्डु टुडे २०७६ असार १७ गते १९:११ मा प्रकाशित

काठमाण्डु, २७ असार– खानेपानीमन्त्री बिना मगरले प्रकाश दाहालको साहस र अठोट देखेर आफू प्रभावित भएको बताएकी छन् ।

प्रकाश दाहाल स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको पुरस्कार वितरण कार्यक्रममा प्रतिष्ठान अध्यक्षसमेत रहेकी मगरले प्रकाश साहसिक योद्धा भएको स्मरण गरिन् । मगरले प्रकाश र आफू सँगै सगरमाथा चढ्ने क्रममा नजिकिएको बताइन् । जुनेली रातमा एउटै डोरीमा झुण्डिएर सगरमाथा चढेको बताइन् । ‘हामी जुनेली रातमा एउटै डोरीमा मृत्युसँग जुध्दै सगरमाथाको यात्रा तय गरेका थियौं’, प्रकाश दाहालभित्र रहेको साहस र अठोट देखेर म धेरै प्रभावित भएँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us