
काठमाण्डु, १७ असार– नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालले अल्पायुमै विशेष काम गरेको बताए ।
प्रकाशको अभावमा प्रचण्डको दाहिने हातै भाँचिजस्तो भएको उनले बताए । प्रकाशको अभावमा सरकार र पार्टी कामसमेत प्रभावित भएको नेता नेपालको भनाइ थियो । ‘प्रकाशको अनुपम कामको सबैले कदर र सम्मान गर्नुपर्छ’, प्रकाश दाहाल स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको कार्यक्रममा नेपालले भने, ‘सगरमाथा चढ्नु सामान्य काम होइन ।’ प्रकाशमा बन्दुक चलाउने मात्र नभई प्रविधिमा अब्बल रहेको स्मरण गरे ।
काँग्रेस नेता एवं पूर्वमन्त्री प्रकाशशरण महतले प्रकाश दाहालले शान्ति प्रक्रियाका क्रममा अन्य राजनीतिक दल र तत्कालीन माओवादीबीच सफलतापूर्वक पुलको काम गरेको सम्झिए । प्रकाशले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए ।
‘