पक्राउ परे यात्रु लुट्ने लुटेरा

काठमाण्डु टुडे २०७६ असार २ गते १२:४९ मा प्रकाशित

जोमसोम , २ असार – म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा जीपमा सवार यात्रु लुट्न खोज्ने ३ जना लुटेरालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार पोखरादेखि मुस्ताङको लोमान्थाङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको भाडाको जीप रोकेर ३ बजेतिर लुटेराले यात्रुको सामान लुटपाट गरेका हुन् । जीपमा सवार ६ जना यात्रु लोमान्थाङ गाउँपालिका २ छोसेर निवासी हुन् ।

सडक अन्धकार भएको अवस्थामा जीप रोकेर यात्रु लुटेको आरोपमा म्याग्दी रघुगंगा गाउपालिका १ का यनज पूर्जा, म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ हिस्तानका समिट पुन र पर्वत जलजला गाउँपालिका १ का कुशल पाइजालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us